काठमाडौँ, गएराति काठमाडौँमा २.६ म्याग्निच्युडको भूकम्प गएको छ। बिहीबार राति १० बजेर ४६ मिनेटमा काठमाडौँको कीर्तिपुर क्षेत्र केन्द्रविन्दु बनाएर उक्त भूकम्प आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

काठमाडौँका विभिन्न स्थानका बासिन्दाले भूकम्पको धक्का महसुस गरेको कुरा सामाजिक सञ्जालमा लेखेका छन्। यद्यपि, सानो म्याग्निच्युड भएको भएपनि केन्द्रविन्दु नजिक रहेको कारण काठमाडौँ र आसपासका जिल्लामा पनि यसको प्रभाव महसुस भएको हो।
यसका अलावा, बिहीबार बिहान १० बजेर १३ मिनेटमा कास्की र मनाङको सीमामा पर्ने अन्नपूर्ण क्षेत्रमा पनि भूकम्प गएको थियो, जसको म्याग्निच्युड ४.२ म्याग्निच्युड थियो।
काठमाडौँमा लामो समयपछि गएराति भूकम्पको धक्का महसुस भएको हो।
