काठमाडौँ, डीपी अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापति बनेका छन्। सोमबार जुममार्फत बसेको सचिवालय बैठकले उनलाई कार्यवाहक सभापति बनाएको रास्वपाका नेता कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
संसदीय दलको नेता भने अझै तोकिएको छैन। हाल उपनेता विराजभक्त श्रेष्ठकै अध्यक्षतामा दलको बैठक बस्ने जानकारी दिँदै बुर्लाकोटीले दलको नेता थप छलफलपछि तोकिने बताए।