Donald Trump is sworn in as the 47th President

वाशिङ्टन डीसी, अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार ४७औं राष्ट्रपति पदको शपथ ग्रहण गरेका छन्। अमेरिकी संसद् क्यापिटल हिलमा आयोजित समारोहमा ट्रम्पलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले शपथ खुवाए।

Donald Trump is sworn in as the 47th President

सामान्यतया क्यापिटल हिल बाहिर हुने शपथ ग्रहण समारोह यसपटक चिसो मौसमका कारण भित्र आयोजना गरिएको थियो। ह्वाइट हाउसमा ट्रम्पको यो दोस्रो कार्यकाल हो।

त्यसैगरी, जेडी भान्सले पनि अमेरिकाको उपराष्ट्रपतिको शपथ लिएका छन्।

शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति जो बाइडेन, पूर्वराष्ट्रपतिहरू, उपराष्ट्रपति, मनोनीत मन्त्रीहरू, तथा उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो। शपथ ग्रहण पछि ट्रम्पले राति १० बजे कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी गरेका छन्।

शपथ ग्रहण अघि ट्रम्प सेन्ट जोन्स चर्चमा गएका थिए। दोस्रो पटक राष्ट्रपति बनेका ट्रम्प समारोहमा पत्नी मेलानिया र परिवारका सदस्यसहित उपस्थित थिए। रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गर्दै विजयी भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *