District Court Kathmandu released both defendants who were arrested on the charge of Swarnalakshmi Sahakari fraud on bail

काठमाडौँ, सहकारीको सञ्चालक समिति सदस्य कमल लामा र लेखा सुपरिवेक्षण सदस्य सुनिता नेवा धरौटीमा रिहा भएका हुन्।

District Court Kathmandu released both defendants who were arrested on the charge of Swarnalakshmi Sahakari fraud on bail

जिल्ला अदालत काठमाडौँका न्यायाधीश पदमराज पाण्डेको इजलासले अदालतमा अभियोगसाथ पेस गरिएका दुवै जनासँग धरौटी माग गरेको थियो। अदालतले सुनितासँग ४ लाख र कमलसँग ३ लाख रुपैयाँ धरौटी माग गरेको थियो। उक्त धरौटी बुझाएर उनीहरू रिहा भएको जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँले कात्तिक २० गते पक्राउ गरेको थियो। यसै मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३७ जना प्रतिवादीको हकमा भने थुनछेक भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *