Discussion between Prime Minister Oli and President Paudel on contemporary issues

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनमन्त्री अजयकुमार चौरसिया, मुख्यसचिव एकनारायण अर्याल, र कानुन सचिव उदयराज सापकोटासहित राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। शुक्रवार शीतल निवासमा भएको यो भेटमा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Discussion between Prime Minister Oli and President Paudel on contemporary issues

तर, कस्ता विषयमा छलफल भएको हो भन्ने खुलाइएको छैन। यसबीच, संसदको हिउँदे अधिवेशन बोलाउन विपक्षी दलहरूले सरकारलाई आग्रह गरिरहेका छन्। तर, सरकारले अधिवेशन बोलाउने कुनै सङ्केत दिएको छैन। विपक्षी दलहरू सरकार अध्यादेश ल्याउन लागेको आशङ्कामा छन् र संसद् अधिवेशन बोलाउन दबाब दिन तयारी गरिरहेका छन्।

यसअघि पनि प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि अध्यादेश ल्याउने चर्चा भएको थियो। तर, विरोध भएपछि सरकार पछि हटेको विपक्षी दलहरूले बताएका छन्। यद्यपि, प्रधानमन्त्री निकटस्थहरूले सरकार अध्यादेश ल्याउने तयारीमा नरहेको दाबी गर्दै आएका छन्।

आजै शुक्रवार साँझ प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *