काठमाडौँ, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको हो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ लिएको दिनै निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको घोषणा गरेको हो। यसअनुसार, अब काठमाडौँमा पेट्रोलको मूल्य १७१ रुपैयाँ र डिजेलको मूल्य १६० रुपैयाँ हुने भएको छ।
निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको थियो, जसले आज राति १२ बजेर १ मिनेटदेखि लागू हुनेछ।