Deviation in Nepali Congress Dr. Confessions of Shekhar Koirala

काठमाडौं, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र विचलन रहेको स्वीकार गरेका छन्।

Deviation in Nepali Congress Dr. Confessions of Shekhar Koirala

सोमबार काठमाडौंमा कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीभित्रको असन्तुलन र गुटबन्दीबारे बोलेका हुन्।

डा. कोइरालाले आफूलाई ४०/६० को भागबण्डामा लागेको आरोप लागे पनि पार्टी सभापतिले सबै नेताहरूको कुरा नसुनेपछि त्यसो गर्न बाध्य भएको बताए।

उनले भने, “वास्तवमा अहिले पार्टीमा हामीबीच विचलन छ। स्वीकार्नुपर्छ। राजेशजीले शेखरजी पनि भागबण्डामा लागि सक्नुभयो भन्नुभयो। मैले पहिला भनेकै हो, तर भागबण्डा गरेर चुप लागेर बस्ने त होइन। सभापतिजीले केही नसुनेपछि राजनीति गर्नेलाई अफ्ठ्यारो पर्छ।”

सभापति शेरबहादुर देउवालाई गुटबन्दीलाई बढावा दिएको आरोप लगाउँदै उनले स्व. किसुनजीजस्ता नेताहरू भएको भए अहिलेको राजनीतिक परिस्थिति फरक हुने धारणा राखे।

“देउवा किसुनजीका अनुयायी भए पनि गुटबन्दीलाई फस्टाउने काम उहाँकै कारण भएको हो। अहिलेको परिस्थिति हेर्दा बीपी कोइराला र गणेशमान सिंहजस्ता नेताहरू भएको भए के गर्थे भन्ने सोच्नुपर्छ,” कोइरालाले भने।

यो स्वीकारोक्तिले नेपाली कांग्रेसभित्रको आन्तरिक समस्या र नेतृत्वको भूमिका पुनः चर्चामा ल्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *