Despite Gulsan Jhas excellent performance Nepal lost for the second time in a row

काठमाडौँ, हङकङमा जारी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजको दोस्रो खेलमा नेपालले ओमानसँग १ विकेटले पराजित भयो। नेपालले पहिलो खेलमा घरेलु टोलीसँग १ सय ३ रनले हार व्यहोरेको थियो।

Despite Gulsan Jhas excellent performance Nepal lost for the second time in a row

ओमानले नेपालले दिएको २ सय २१ रनको लक्ष्य १ बल अगावै ९ विकेटको क्षतिमा पूरा गर्यो। ओपनर कश्यप प्रजापति र जतिन्दर सिंहले ७५ रनको साझेदारी गर्दै ओमानलाई राम्रो सुरुवात दिलाएका थिए। जतिन्दर सिंहले ४१ रन, प्रजापतिले ३६ रन, कप्तान अकिब इलियासले २९ रन, प्रतिक अथाभाले र सोहेब खानले समान २६ रन बनाए। सकिल अहमद १७ रनमा र करिमुल्लाह ६ रनमा अविजित रहे।

नेपालका गुल्सन झा एक्लैले पाँच विकेट लिए तर टोलीको हार रोक्न सकेनन्। गुल्सनले आफ्नो स्पेलमा २ मेडन राख्दै ४७ रन दिए। यो ओडीआईमा गुल्सनले पहिलो पटक ५ विकेट लिएका हुन्।

ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २० रन बनायो। कप्तान रोहित पौडेलले ७२ बलमा ६० रन, आरिफ शेखले ८८ बलमा ३५ रन र गुल्सन झाले ३५ बलमा ५३ रन बनाएका थिए।

ओमानका अकिब इलियास, फायन बट र करिमुल्लाहले समान २ विकेट लिए भने सकिल र सोहेबले समान १ विकेट झारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *