काठमाडौं, काठमाडौंमा दलित समुदायको प्रतिनिधित्वको माग गर्दै प्रदर्शन गरिएको छ। दलितका लागि दलित अभियान, नेपाल द्वारा आह्वान गरिएको यो प्रदर्शन माइतीघरमा भएको हो।

प्रदर्शनकारीहरूले ‘दलितलाई मन्त्री खै?’, ‘दलितलाई बजेट खै?’, ‘दलितलाई राजदूत खै?’ जस्ता नाराले लेखिएका प्लेकार्डहरू प्रदर्शन गरे।
उनीहरूले राज्यका विभिन्न निकायमा दलित समुदायप्रति घृणा गरिएको आरोप लगाउँदै दलित समुदायको हक–अधिकार सुनिश्चित गर्न आफूहरूको उपस्थिति अनिवार्य भएको बताए।