काठमाडौं, सेयर बजार निरन्तर घट्दै जाँदा कारोबार रकममा पनि गिरावट आएको छ।
मंगलबार नेप्से परिसूचक ६.३२ अंकले घटेर २,६६९ अंकमा कायम भएको छ। अघिल्लो दिन बजार १२ अंकले घटेको थियो।
पछिल्ला पाँच कारोबार दिनदेखि बजार निरन्तर ओरालो लागेको छ। कारोबार रकममा पनि कमी आउँदै गएको छ। आइतबार ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ५ अर्ब ६२ करोड र मंगलबार ४ अर्ब ४१ करोडमा खुम्चिएको छ।
विभिन्न समूहको उतारचढाव
मंगलबार ८५ कम्पनीको सेयर मूल्य बढे पनि १४८ कम्पनीको घट्यो भने १० कम्पनीको मूल्य स्थिर रह्यो।
- बढ्ने समूह: व्यापार (+०.३०%), माइक्रोफाइनान्स (+०.१३%), उत्पादन (+०.३३%), होटल (+०.२८%)।
- घट्ने समूह: बैंकिङ (-०.१५%), विकास बैंक (-०.५२%), फाइनान्स (-०.७१%), हाइड्रोपावर (-०.३३%), लगानी (-०.७९%), जीवन बीमा (-१%), निर्जीवन बीमा (-०.१९%)।
उल्लेखनीय सेयर मूल्य परिवर्तन
- बढेका कम्पनीहरू: जोशी हाइड्रोपावर (+७.६%), खानीखोला (+७.५%), गणपति लघुवित्त (+६.९%), उपकार लघुवित्त (+६.२%), महिला लघुवित्त (+६.२%)।
- घटेका कम्पनीहरू: एनआरएन इन्फ्रास्ट्रक्चर (-९.९%), लाइफ इन्स्योरेन्स कर्पोरेसन (-३.५%), सपोर्ट माइक्रोफाइनान्स (-२.८%)।
कारोबार रकममा अगाडि रहेका कम्पनीहरू
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सानिमा माइ हाइड्रोपावर, जानकी फाइनान्स, हिमालयन डिस्टिलरी, र एसबीआई बैंक क्रमश अगाडि रहेका छन्।