nabine

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दाङ जिल्ला सेक्रेटरी अमर खड्का (नवीन) लाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका खड्कालाई आज सार्वजनिक गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

nabine

रोल्पाबाट दाङको घोराहीतर्फ आउँदै गरेका खड्कालाई घोराही उपमहानगरपालिका वडा नम्बर १९ बाट पक्राउ गरिएको हो।

जिल्ला प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाका अनुसार, असोज २९ गते नेकपा एमाले दाङका सल्लाहकार सदस्य दुर्गा पन्थमाथि कालोमोसो दलेको आरोप खड्काको समूहमाथि लागेको छ। साथै, मिटर ब्याजीको आरोपमा मङ्सिर ६ गते घोराही उपमहानगरपालिका–१५ स्थित बिपी चोकमा धर्मबहादुर बस्नेत र उनकी श्रीमती माधवा बस्नेतमाथि दुर्व्यवहार गरेको घटनामा पनि खड्काको समूहको संलग्नता रहेको प्रहरीको दाबी छ।

उक्त घटनाहरूमा खड्काले जिम्मा लिएको आधारमा पक्राउ गरिएको एसपी तिमिल्सिनाले जानकारी दिए। यद्यपि, पीडितहरूबाट अहिलेसम्म औपचारिक जाहेरी नपरेकाले खड्काविरुद्ध सार्वजनिक अपराधको मुद्दा चलाउने तयारी भइरहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *