काठमाण्डाै, पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले फुटबलमा ऐतिहासिक कीर्तिमान कायम गर्दै ९ सय गोलको संख्या पुरा गरेका छन्।

नेशन्स लिगमा गएराति क्रोएशियासँगको खेलमा उनले एक गोल गर्दै यो उपलब्धि हासिल गरे। यो गोलसँगै रोनाल्डो माथिल्लो स्तरमा ९ सय गोल गर्ने पहिलो खेलाडी बनेका छन्।
उक्त खेलमा पोर्चुगलले क्रोएशियालाई २–१ गोलले पराजित गर्यो। पोर्चुगलका लागि अर्को गोल डियोगो डलोटले गरेका थिए। रोनाल्डोको यो गोल १ सय ३१ औं हो। गोल गरेको पछि उनी भावुक बनेका थिए। रोनाल्डोले पोर्चुगलसहित स्पोर्टिङ लिब्सन, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्ट्स र अल नासरबाट खेल्दै यो कीर्तिमान पुरा गरेका छन्।
यो जितसँगै पोर्चुगलले नेशन्स लिगको समूह ‘ए’ मा ३ अङ्क जोडेको छ। गएराति भएको समूहको अर्को खेलमा पोल्यान्डले स्कटल्यान्डलाई ३–२ गोलले हरायो। अन्य खेलमा सान मारिनो, नर्दन आयरल्यान्ड, स्लोभाकिया र डेनमार्क विजयी भएका छन्। सर्बिया र स्पेनले भने गोलरहित बराबरी खेलेका छन्।