CPN Majority put up black banners at the party offices of Congress UML and Amaoist as part of the anti corruption campaign

काठमाडौँ, नेकपा (बहुमत) ६ नम्बर ब्युरोले आज बिहान कर्णाली प्रदेशको विरेन्द्र नगरमा काँग्रेस, एमाले, र एमाओवादीका जिल्ला र प्रदेश कार्यालयहरूमा कालाो व्यानर राख्ने कार्य गरेको छ। यो कदम पार्टीका भवनहरूको निर्माण र उपयोगसँग सम्बन्धित भ्रष्टाचारविरुद्धको अभियानको हिस्सा हो।

CPN Majority put up black banners at the party offices of Congress UML and Amaoist as part of the anti corruption campaign 1

नेकपा (बहुमत)को आरोप छ कि, पार्टीहरूको भवन निर्माण गर्दा सार्वजनिक जमिनको भाग बण्डा गरेर सबै पार्टीहरूले दुरुपयोग गरेका छन्। पार्टीले जनताका निरन्तर विरोध र अदालतमा मुद्दा दायर भए पनि अदालतमा सेटिङ गरेर जबर्जस्ती हडप्ने कार्य भएको दावी गरेको छ।

यो कालाो व्यानर राख्ने कार्यक्रम नेकपा (बहुमत)को भ्रष्टाचारविरुद्धको अभियानको दोस्रो चरणको खबरदारी अभियान हो। यसअघि पार्टीले भ्रष्टाचारविरुद्धका अन्य गतिविधिहरू पनि सञ्चालन गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *