काठमाडौँ, यो सातामा लगातार तीन कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ। बुधबार परिसूचक ०.१५ प्रतिशतले घटेर २५७६.७६ विन्दुमा पुगेको छ।

आज ३२० कम्पनीको १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता शेयर ८० हजार ३७८ पटक खरिदबिक्री हुँदा रु ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९६१ को कारोबार भएको छ। आज बैंकिङ समूहको उपसूचक शून्य दशमलव ७६ प्रतिशत र निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव १६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ।
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ८ दशमलव ०८ प्रतिशतले बढेको छ। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य भने ७ दशमलव ६७ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट लिमिटेडको रु २० करोड ५८ लाख ८ हजार पाँच सय ८४ को कारोबार सबैभन्दा बढी भएको छ। शेयर सङ्ख्याका आधारमा कुमारी बैंक लिमिटेडको ५ लाख ७ हजार २ सय ७० कित्ता शेयर किनबेच भएको छ।