Conflict between Kulman Ghising and the Nepal government on the streets, demonstration of youth over the electricity bill disputeकुलमान घिसिङ र नेपाल सरकारबीचको द्वन्द्व सडकमा, विद्युत् वक्यौता विवादमा युवाहरूको प्रदर्शन

काठमाडौं, नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ र नेपाल सरकारबीचको विवाद सडकमा पुग्यो, घिसिङको समर्थनमा युवाहरूले माइतिघरदेखि बानेश्वरसम्म र्‍याली गरे। ठूला उद्योगहरूले विद्युत बक्यौता तिर्न नपर्ने निर्णयको सम्भावना देखिँदा युवाहरूले सचेत गराए। २४० डेडिकेटेड फिडर ग्राहकमध्ये ५६ अस्पताल लगायतका ग्राहकले छुट पाए पनि अन्य उद्योगहरूलाई छुट दिनुपर्ने कुनै आधार नभएको प्राधिकरणले जनाएको छ।

Conflict between Kulman Ghising and the Nepal government on the streets demonstration of youth over the electricity bill dispute 1

डेडिकेटेड फिडरमा बिलिङ भएको ९ अर्ब ६ करोड ४४ लाखमध्ये ५ अर्ब ५९ करोड ८७ लाख बुझाइएको छ भने ३ अर्ब ४१ करोड ७४ लाख बक्यौता रहेको छ। ट्रङ्क लाइनमार्फत विद्युत आपूर्ति लिने ८४ ग्राहकमा ५१ ग्राहकले १८ अर्ब ६२ करोड ८७ लाखको बिलिङ गराएकोमा १३ अर्ब १० करोड बुझाइदिएको र ६ अर्ब ७२ करोड बक्यौता रहेको समितिको अध्ययनमा देखिएको छ।

Conflict between Kulman Ghising and the Nepal government on the streets demonstration of youth over the electricity bill dispute 2

डेडिकेटेड फिडर अन्तर्गत धेरै ग्राहकले महसुल तिरिरहेको र ट्रङ्क लाइनका धेरै ग्राहकले बक्यौता नतिरेको देखिएको छ। कुल १० अर्ब १४ करोड ८ लाख बक्यौता रकम रहेको विद्युत प्राधिकरणको विवरणले देखाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *