काठमाडौँ, मंगलबार बिहान काठमाडौँसहितका विभिन्न जिल्लामा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। प्रारम्भिक जानकारी अनुसार, भूकम्प चीनलाई केन्द्रबिन्दु बनाएर ७ म्याग्निच्युडको रहेको पुष्टि भएको छ।

भूकम्पको धक्का केही सेकेन्डसम्म महसुस गरियो। एकाबिहानै भूकम्पको झट्का आएपछि सर्वसाधारण त्रसित हुँदै घरबाहिर निस्किएका थिए। भूकम्पको थप विवरण भने आउन बाँकी छ।