Collection of applications for electronic passports of 650 Nepalese in Malta

पोर्चुगल, विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउनका लागि माल्टाबाट ६५० नेपालीको आवेदन सङ्कलन गरिएको छ। राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले माल्टामा सञ्चालन गरेको पाँचदिने घुम्ती शिविरबाट राहदानी नवीकरण र नयाँ राहदानीका लागि जैविक विवरणसहित आवेदन लिएका हुन्।

Collection of applications for electronic passports of 650 Nepalese in Malta

कार्यवाहक राजदूत यज्ञराज पौड्यालका अनुसार, शिविरले राहदानीको म्याद सकिएका, एक वर्षभन्दा कम म्याद भएका, हराएका, क्षति भएका, तथा माल्टामा जन्मेका बालबालिकाको नयाँ राहदानीको सेवा दिएको छ। पाँच दिनमा झण्डै ७०० नेपालीले सेवा लिएको र करिब ७८ हजार युरो (रु १ करोड १० लाख) राजस्व सङ्कलन भएको उनले जानकारी दिए।

घुम्ती शिविरमा राहदानी नवीकरण, वितरण, कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा प्रवाह गरिएका थिए। दूतावासका सहचारी विपिन चन्द, राहदानी विभागका नायब सुब्बा विदुर खतिवडा, र स्थानीय कर्मचारी शिविरमा सहभागी थिए। डिसेम्बर १४ देखि गैरआवासीय नेपाली सङ्घ माल्टाको कार्यालयबाट सेवा प्रदान गरिएको थियो।

माल्टामा नेपाली दूतावास नभएकाले स्पेनस्थित दूतावास र राहदानी विभागको संयुक्त टोलीले शिविर सञ्चालन गरेको हो। यसअघि स्पेनको बार्सिलोनामा पनि यस्तै घुम्ती सेवा प्रदान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *