काठमाडौं, आज तराई र उपत्यकाका धेरै जिल्लामा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हिमपात हुने संभावना छ।
विशेषगरी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका केही ठाउँमा दिउँसो नै हिमपात हुन सक्नेछ भने गण्डकी प्रदेशमा राति एक/दुई ठाउँमा हिमपातको सम्भावना रहेको छ। बाँकी मधेश, कोशी, लुम्बिनी, र बागमती प्रदेशमा मौसम मुख्यतः सफा रहने बताइएको छ।