काठमाडौं, युट्युबमार्फत चर्चामा आएका बालगायक सचिन परियारको निधन भएको छ। गुल्मी घर भएका परियार पछिल्लो समय स्वास्थ्य समस्याका कारण थलिएका थिए।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत परियारको निधन भएको हो। अस्पताल प्रशासनले मृत्युको औपचारिक कागजी प्रक्रिया चलिरहेको जानकारी दिएको छ।
परियारलाई पछिल्लो समय कम्मरमुनिको भाग नचल्ने गम्भीर स्वास्थ्य समस्या देखिएको थियो। बाल्यकालदेखि नै गायन र अभिनयमा रुचि राख्दै आएका परियारले चर्चित टेलिशृंखला ‘मेरी बास्सै’ र अभिनेता राजेश हमालसँग केही भिडियो गीतमा अभिनय गरेका थिए।
उनको निधनले मनोरञ्जन क्षेत्रमा शोकको छायाँ छाएको छ।
