Local winds over the country westerlies and partial influence of low pressure area around Odisha India

काठमाडौं, देशमा हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीका कारण पहाडी भूभागमा आंशिकदेखि साधारण बदली छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहेको छ। पश्चिम तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।

Local winds over the country westerlies and partial influence of low pressure area around Odisha India

कोशी प्रदेश, हिमाली क्षेत्रमा आंशिकदेखि साधारण बदली रहेको छ भने केही स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रमा आंशिक बदली रहँदा एक-दुई स्थानमा हल्का वर्षा हुन सक्छ।

मधेस प्रदेश, तराई क्षेत्रमा आंशिकदेखि साधारण बदली रहेको छ र एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राति मौसम मुख्यतया सफा रहनेछ।

बागमती, गण्डकी, लुम्बिनी प्रदेश, हिमाली क्षेत्रमा आंशिकदेखि साधारण बदली रहँदा केही स्थानमा हल्का हिमपात हुन सक्छ। पहाडी क्षेत्रमा थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा हुन सक्छ।

कर्णाली, सुदूरपश्चिम प्रदेश, हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाले उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेकोले जनजीवन, स्वास्थ्य, यातायात, र हवाई उडानमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *