Untitled design 49 1

काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय क्षेत्र उत्तरतर्फ सरेको छ। यसका कारण देशभर सामान्यतया बदली छ। कोशी, मधेस, बागमती, र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

Untitled design 49 1

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा धेरै भारी वर्षा पनि हुन सक्छ।

आज राति देशभर सामान्यतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सबै प्रदेशका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षा हुन सक्छ। साथै बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना पनि छ।

महाशाखाले सातै प्रदेशमा धेरै भारी वर्षा तथा बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावनाले गर्दा ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, तथा भूक्षय जस्ता प्रकोपबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *