काठमाडौं, हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ।
महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपबाट जोगिन सतर्क रहन अनुरोध गरेको छ। यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक, तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।