काठमाडौँ, हाल देशभर मनसुन वायुमंडलको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सामान्यतया स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा पनि हुनसक्छ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा र बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्छ।
कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा र बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ, यसैले ती क्षेत्रहरूमा हुने गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयजस्ता प्रकोपबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।