Untitled design 19

काठमाडौं, हाल देशभर मनसुनको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले जानकारी दिए अनुसार, मनसुनको न्यून चापीय रेखा सामान्य स्थानमा रहेको छ। यसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली छ। गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

Untitled design 19

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। साथै, कोशी, मधेस, र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले, महाशाखाले ती क्षेत्रका जनतालाई गेग्रान बहाव, बाढी, पहिरो, र भूक्षय जस्ता प्रकोपबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *