काठमाडौं, हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएअनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। यसको प्रभावले बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ, भने अन्य क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली छ। बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, साथै अन्य प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, र मधेस प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, र कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।
महाशाखाले सातै प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिमबाट बच्न र यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा पर्न सक्ने आंशिक असरको कारणले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।