Untitled design 24

काठमाडौँ, देशभर अहिले मनसुनी वायुको प्रभाव देखिएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ, जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली छ। कोशी, मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

Untitled design 24

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी, मधेस, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना पनि रहेको छ।

आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ।

कोशी, मधेस, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका केही क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेकोले ती क्षेत्रहरूमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, तथा भूक्षय जस्ता प्रकोपको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *