Bus accident on Mugling Narayangadh road section 10 injured

काठमाडौँ, मुग्लिङ-नारायणगढ सडकखण्डको घुमाउनेमा आज बिहान एक बस दुर्घटनामा परेको छ। महेन्द्रनगरबाट काठमाडौँतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित घुमाउनेमा अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको हो।

Bus accident on Mugling Narayangadh road section 10 injured

दुर्घटनामा १० जना घाइते भएका छन्, जसलाई उपचारको लागि भरतपुर लगिएको छ। सडक किनारमा लगाइएको बारले बसलाई त्रिशूली नदीमा खस्नबाट जोगाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले घटनाको थप अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *