BP highway is open one way

काभ्रे, काभ्रेको रोशी-११ पिप्लेमा सुख्खा पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी रुपमा खुलेको छ। डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार, खसेको पहिरो हटाएर सडकलाई एकतर्फी रुपमा सुचारु गरिएको हो।

BP highway is open one way

पहिरोका कारण सडक अवरुद्ध हुँदा, खोटाङबाट काठमाडौं जाँदै गरेको ना. १ ज. ६८१७ नम्बरको सुमो गाडी पहिरोमा पुरिएको थियो। उक्त गाडी निकाल्न गएको डोजरलाई समेत पहिरोले पल्टाइदिएको थियो। साथै, सिन्धुलीबाट काठमाडौं जाँदै गरेको बा. ४ ख. ४३५२ नम्बरको बसलाई पनि पहिरोले रोशी खोलातर्फ धकेलेको थियो।

हाल एकतर्फी यातायात सुचारु भएको छ भने पूर्णरूपमा सडक खुलाउन थप प्रयास जारी रहेको जानकारी प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *