Biratnagar Kings second win Chitwan Rhinos playoff journey in jeopardy

काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई ५१ रनले हराउँदै आफ्नो दोस्रो जित हासिल गरेको छ। यो जितले चितवनको प्लेअफ यात्रा कठिन बनाएको छ।

Biratnagar Kings second win Chitwan Rhinos playoff journey in jeopardy

विराटनगरको प्रदर्शन

पहिले नै शीर्ष चारको दौडबाट लगभग बाहिरिसकेको विराटनगरले छैटौँ खेलमा दोस्रो जित निकाल्दै आफ्नो कुल अंक चार पु¥यायो। टोलीले दुई खेलमा जित र चार खेलमा हार बेहोरेको छ। विराटनगरले अब आफ्नो अन्तिम खेलमा काठमाण्डु गुर्खाजसँग प्रतिस्पर्धा गर्नेछ। शीर्ष चारको दौडमा रहेको काठमाण्डुका लागि यो खेल महत्त्वपूर्ण हुनेछ।

तर, विराटनगरको शीर्ष चारमा पुग्ने सम्भावना कम छ। यसका लागि उनीहरूले जित मात्र निकाल्नु पर्याप्त हुनेछैन। काठमाण्डु, पोखरा र चितवनका बाँकी खेलको नतिजा र नेट रनरेटले पनि ठूलो भूमिका खेल्नेछ।

चितवनको चुनौती

विराटनगरसँगको हारले चितवन राइनोजको प्लेअफ यात्रा संकटमा पारेको छ। चितवनले लिग चरणको आफ्नो अन्तिम खेल शनिबार जनकपुर बोल्ट्सविरुद्ध खेल्दैछ। यसअघि नै प्लेअफमा स्थान बनाइसकेको बलियो जनकपुरलाई हराउनु चितवनका लागि चुनौतीपूर्ण हुनेछ।

चितवनले हालसम्म ६ खेलमा ३ जित र ३ हारसहित ६ अंक जोडेको छ। तालिकाको चौथो स्थानमा रहेको चितवनले अन्तिम खेलमा पराजित भएमा काठमाण्डु, पोखरा र कर्णालीका खेलका नतिजाले पनि यसको प्लेअफ यात्रा प्रभावित हुनेछ।

खेलको समीक्षाः

विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन मात्र बनाउन सक्यो। विराटनगरको बलियो प्रदर्शनले उनीहरूको एनपीएल यात्रा समाप्त भए पनि चितवनका लागि थप दबाब सिर्जना गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *