Barcelonas winning start under Hansi Flick 2 1 win over Valencia

काठमाडौँ, नयाँ प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा बार्सिलोनाले भ्यालेन्सियामाथि २-१ गोल अन्तरले विजय प्राप्त गर्दै स्पेनिस लिगामा जीतको सुरुआत गरेको छ।

Barcelonas winning start under Hansi Flick 2 1 win over Valencia

शनिबार राति खेलमा अनुभवी स्ट्राइकर रोबर्टो लेवान्डोस्कीले बार्सिलोनाका लागि दुवै गोल गर्दै टोलीलाई जित दिलाए। पहिलो हाफको ४४ औं मिनेटमा ह्युगो डुरोको गोलमार्फत भ्यालेन्सियाले सुरुआतमा अग्रता बनाएको थियो, तर बार्सिलोनाका लेवान्डोस्कीले लामिन यामालको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

दोस्रो हाफको ४९ औं मिनेटमा राफिन्हालाई डिबक्सभित्र लडाएपछि बार्सिलोनाले पेनाल्टी प्राप्त गर्‍यो, जसमा लेवान्डोस्कीले कुनै गल्ती गरेनन् र बार्सिलोनालाई अग्रता दिलाए। त्यसपछि थप गोल नगर्दा बार्सिलोनाले खेललाई आफ्नो पक्षमा पार्‍यो।

यो जितसँगै बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा छ, जबकि शीर्ष स्थानमा सेल्टा डि भिगो छ। गएराति अर्को खेलमा ओसासुना र लेगानेसले १-१ गोलको बराबरी गर्दै अंक बाँडे। आज आइतबार राति रियल मड्रिड र मल्लोर्का, र रियल सोसिडाड र रायो भालेकानो भिड्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *