Bangladesh Prime Minister Sheikh Hasina left the country after violent protestsBangladesh Prime Minister Sheikh Hasina left the country after violent protests

काठमाडौँ, बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन्। विद्यार्थी आन्दोलन र राजीनामाको मागका बीच सोमबार प्रदर्शनकारीहरूले हसिनाको सरकारी आवासमा ढुंगामुढा गरेलगत्तै उनले राजीनामा दिएर भारततर्फ प्रस्थान गरेकी हुन्।

Shekh Hasina

बंगलादेशमा गत महिनादेखि आरक्षणको विरोधमा आन्दोलन हुँदै आएको छ। शेख हसिनाले आन्दोलनका मागहरू सम्बोधन गर्न चासो देखाएकी थिइनन्।

आइतबार विरोध प्रदर्शन उग्र भएपछि सोमबार पनि ठूलो संख्यामा प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए।

बंगलादेशको सेना प्रमुख जनरल वाकर–उज–जमानले सेनाले अन्तरिम सरकार बनाउने तयारी गरिरहेको जानकारी दिएका छन्। देशवासीलाई सम्बोधन गर्दै उनले यो अवस्था नियन्त्रणमा लिन जिम्मेवारी लिएको र हिंसा तत्काल रोक्नुपर्ने बताएका छन्। अर्थतन्त्र संकटमा परेको र कयौँले ज्यान गुमाइसकेकाले जनरल जमानेले शान्ति स्थापना गर्न आग्रह गरेका हुन्।

जनरल जमानेले नयाँ सरकारले सबै हत्याराहरूलाई अभियोग चलाउने वाचा गर्दै, शेख हसिनाले राजीनामा दिइसकेपछि शान्त भएर सेनालाई सहयोग गर्न विद्यार्थीहरूलाई आग्रह गरेका छन्।

conflict in Bangladesh

बंगलादेशमा भर्खरै चुनाव भएको थियो, जसमा व्यापक धाँधली भएको भन्दै सबै विपक्षी दलहरूले चुनाव बहिष्कार गरेका थिए। अब सबैको नजर बंगलादेशको सेनामा छ।

बंगलादेशको स्थापना भएदेखि सेनाले पटकपटक ‘कू’ गरेको इतिहास छ, तर ९० को दशकदेखि सत्ता एउटै राजनीतिक दलको हातमा रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *