Atwari festival is being celebrated with pomp in the Tharu dominated district of western Nepal

दाङ, पश्चिम नेपालका थारु बाहुल्य जिल्लामा अट्वारी पर्व हर्षोल्लासका साथ मनाइँदैछ। थारु समुदायको महत्वपूर्ण पर्व अट्वारीमा पुरुषहरूले व्रत बस्ने परम्परा छ। यस अवसरमा लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बसोबास रहेका ६ जिल्लामा सार्वजनिक बिदा समेत घोषणा गरेको छ।

Atwari festival is being celebrated with pomp in the Tharu dominated district of western Nepal

हरितालिका तीजपछिको शनिबार मध्यरातमा विशेष भोजन (दर) ग्रहण गरी अट्वारी व्रतको तयारी सुरु हुन्छ। यो पर्व दुई दिनसम्म मनाइन्छ र यससम्बन्धी विभिन्न धार्मिक विश्वासहरू थारु समुदायमा विद्यमान छन्। द्वापर युगमा पाँच पाण्डवमध्ये भीमले थारु समुदायका एक छोरीलाई अत्याचारबाट बचाएको सम्झनामा यो पर्व मनाइने चलन छ। अर्को मत अनुसार, भीमले थारु राजा दंगिशरणलाई युद्धमा सहयोग गरेकाले उनको पूजा गर्ने परम्परा रहेको छ।

अट्वारी पर्वमा दाजुभाइहरूले दिदीबहिनीको सुरक्षाको कामना गर्दै दिनभर निर्जल व्रत बस्छन्। व्रतपछि तयार गरिएका पकवानहरूबाट आधा भाग छुट्याएर विवाहित छोरीचेलीलाई कोसेलीको रूपमा दिने चलन छ। यस्ता परम्परागत संस्कृतिहरू लोप हुँदै गएकाले संरक्षण आवश्यक रहेको थारु कल्याणकारीणी सभा दाङका पूर्व अध्यक्ष चेतराम चौधरीले बताएका छन्।

लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र नवलपरासी पश्चिममा सार्वजनिक बिदा दिएको छ। परम्परागत संस्कृति संरक्षणका लागि योजना आवश्यक भएकोमा सबैको ध्यानाकर्षण भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *