Slap on the vice president

रुपन्देही, नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पस बिजौरीमा नेपाल विद्यार्थी संघका उपसभापति शिवम मिश्रमाथि धारिलो हतियारले आक्रमण गरिएको छ।

Slap on the vice president

सोमवार पठनपाठनको दौरान, क्याम्पसमा रहेका विद्यार्थीहरू र नेबिसंघका उपसभापति मिश्रमाथि अखिल क्रान्तिकारीका इकाई अध्यक्ष र स्ववियु सचिव गणेश पौडेलले धारिलो हतियार प्रयोग गरेर हमला गरेका हुन्।

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति दाङले यो घटनाको घोर निन्दा गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेको छ। अध्यक्ष कुलराज पोख्रेलले विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन गर्न र दोषीलाई कानूनी दायरामा ल्याउने अपील गरेका छन्। साथै, शैक्षिक संस्थाहरूमा विद्यार्थीहरूको सुरक्षाको सुनिश्चितता गर्न सम्बन्धित निकायसँग अनुरोध गरिएको छ।

सांघातिक आक्रमणबाट गम्भीर घाइते भएका नेता मिश्रलाई हाल तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *