Untitled design 7 2

काठमाडौँ, हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Untitled design 7 2

बुधबार देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ।

सम्भावित क्षेत्रहरूमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिइएको छ, विशेषगरी कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।

भोलि बिहीबार पनि कोशी, बागमती, र गण्डकी प्रदेशको पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारणतया बदली रहने छ भने, बाँकी भू-भागमा मौसम सामान्य रहन सक्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *