Ashokraj Sigdel appointed as the Commander in Chief of the Nepalese Army

काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधानसेनापति पदमा अशोकराज सिग्देललाई नियुक्त गरेका छन्। बुधबार राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति नियुक्ति गरेका हुन्।

Ashokraj Sigdel appointed as the Commander in Chief of the Nepalese Army

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ कि राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देललाई प्रधानसेनापति पदमा नियुक्त गरेका छन्। सिग्देललाई भदौ २४ गतेदेखि प्रधानसेनापतिको औपचारिक जिम्मेवारी दिइने जानकारी पनि विज्ञप्तिमा छ।

यसअघि, राष्ट्रपति पौडेलले साउन २५ गतेबाट सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सुम्पिएका थिए। सिग्देलले प्रधानसेनापति प्रभुराम शर्माबाट जङ्गी अड्डामा आयोजित समारोहमा प्रधानसेनापतिको कार्यभार सम्हालेका थिए।

नेपाली सेनाको सहायक सेनानीको दर्जाबाट करिब ४१ वर्षसम्म सेवा गरेका प्रभुराम शर्माले भदौ २४ गते पदावधिको समाप्तिमा नेपाली सेनाबाट अनिवार्य अवकाश ग्रहण गर्दैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *