As soon as you say Kathmandu it is a city of beauty but how careful is it in terms of cleanliness

काठमाडौँ, मःमको सहर भनेर चिनिने काठमाडौँमा यसको लोकप्रिय खाजा मःम बनाउने र बेच्ने स्थानहरूको सरसफाइ र स्वास्थ्य मापदण्डको अवस्था चिन्ताजनक रहेको तथ्य काठमाडौँ महानगरपालिकाको पछिल्लो अनुगमन प्रतिवेदनले देखाएको छ।

As soon as you say Kathmandu it is a city of beauty but how careful is it in terms of cleanliness

महानगरपालिकाका फुड टेक्नोलोजिस्ट र माइक्रोबायोलोजिस्टसहितको टोलीले गरेको अनुगमनमा ८८ प्रतिशत होटल तथा रेस्टुराँले सरसफाइमा लापरवाही गरेको पाइएको छ। अनुगमन टोलीले काठमाडौँका विभिन्न क्षेत्रमा रहेका ८५ वटा मःम बनाउने स्थानहरूको निरीक्षण गर्दा ७५ वटामा गम्भीर सरसफाइ समस्या भेटिएको हो।

फोहर भान्छादेखि रसायन प्रयोगसम्म
अनुगमन प्रतिवेदनअनुसार ७७ प्रतिशत स्थानमा भान्छा र कार्यस्थल अस्वच्छ थिए। भुइँमा पानी जमेको, दुर्गन्धयुक्त फोहोर थुपारिएको, डस्टबिन व्यवस्थित नराखिएको, र खाद्य सामग्री खुला रूपमा राखिएको अवस्थाहरू देखिएको छ। केही स्थानमा पकाएको र काँचो खाना, मांसाहारी र शाकाहारी भोजन सँगै भण्डारण गरिएको पाइएको छ।

व्यक्तिगत सरसफाइमा लापरवाही
मःम पसलका कर्मचारीहरूले प्रयोग गर्ने एप्रोनहरू फोहोर अवस्थामा भेटिएका छन्। ती एप्रोन बाहिर पनि लगेर हिँड्ने गरिएको छ। साथै, भाँडा माझ्ने ठाउँहरू र मःम बनाउने उपकरणहरू पनि अत्यन्तै अस्वच्छ थिए।

अनुगमन टोलीको सुझाव र सुधारका प्रयास
महानगरपालिकाले यी समस्याहरू समाधान गर्न स्थलगत निर्देशन र सुझाव दिएको छ। सरसफाइ सुधार गर्नका लागि केही होटलहरूले भिडियो र फोटोसहित प्रमाण प्रस्तुत गरेको महानगरपालिकाले जनाएको छ। तर, २१ प्रतिशत व्यवसाय अझै पनि दर्ताविहीन अवस्थामा सञ्चालन भइरहेको पाइएको छ।

सार्वजनिक स्वास्थ्यप्रतिको जोखिम
मःमको गुणस्तर र स्वच्छतामा गरिएको यस्तो लापरवाहीले उपभोक्ताको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने विज्ञहरूले चेतावनी दिएका छन्। नियमनकारी निकायहरूले नियमित अनुगमन र कठोर कदम चाल्नुपर्ने आवाज उठिरहेको छ।

काठमाडौँ महानगरपालिकाले मःम पसलहरूमाथि कडाइका साथ निगरानी गर्दै सुधारका लागि थप कदम चाल्ने जनाएको छ। तर, उपभोक्ताले पनि आफूले प्रयोग गर्ने स्थानको सरसफाइको अवस्था बुझेर मात्र खाद्य वस्तुहरू उपभोग गर्नुपर्ने आवश्यकता रहेको छ।

66 thoughts on “काठमाडौँ भन्नेबित्तिकै मःमको सहर, तर स्वच्छतामा कति होसियारी ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *