काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सा जिल्लामा पक्राउ पुर्जी जारी गरिएको छ।

वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेसहित अन्य १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। प्रहरी उच्च स्रोतका अनुसार, सहकारीमा ठगीसम्बन्धी गम्भीर उजुरी परेपछि अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएको हो।
प्रहरीले यस प्रकरणमा संलग्न हुनेहरूलाई कानूनी प्रक्रिया अनुसार अघि बढाउने जनाएको छ। सहकारीले ग्राहकहरूको रकम ठगी गरेको आरोप लागेपछि यो मुद्दा सार्वजनिक भएको हो।
यस विषयमा रवि लामिछाने वा रास्वपाका अन्य प्रतिनिधिहरूले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
