Arling Haalands hat trick gave Manchester City a Premier League win

लन्डन, एर्लिङ हालान्डको लगातार ह्याट्रिक प्रहारले म्यानचेष्टर सिटीलाई इङलिस प्रिमियर लिगमा विजय प्राप्त गर्न मद्दत गरेको छ। शनिबार राति लन्डन स्टेडियममा भएको खेलमा म्यानचेष्टर सिटीले वेष्ट ह्याम युनाइटेडलाई ३-१ गोल अन्तरले हरायो।

Arling Haalands hat trick gave Manchester City a Premier League win

जारी सिजनमा हालान्डले लगातार दोस्रो खेलमा ह्याट्रिक पूरा गरेका छन्, जसले उनलाई उत्कृष्ट फर्ममा रहन मद्दत गरेको छ। नर्वेका स्ट्राइकरले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा एक गोल गरी आफ्नो ह्याट्रिक पूरा गरे।

खेलको पहिलो हाफको दसौँ मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता दिलाए। तर, १९ औँ मिनेटमा रुवेन डायसको आत्मघाति गोलले वेष्ट ह्यामलाई बराबरीमा ल्यायो। त्यसपछि, ३० औँ मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गरेर सिटीलाई पुनः अग्रता दिलाए। खेलको ८३ औँ मिनेटमा हालान्डले आफ्नो ह्याट्रिक पूरा गर्दै सिटीको अग्रता अझ फराकिलो बनाए।

सिटीको यो लगातार तेस्रो जितपछि ९ अंकमा तालिकाको शीर्ष स्थानमा छ।

गएको राति अन्य खेलहरूमा, ब्रेनफोर्डले साउथहेप्टनलाई ३-१ गोल अन्तरले हरायो, जबकि एष्टोन भिल्लाले लेष्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गर्यो।

आर्सनलले ब्राइटनसँग, इप्सिविच टाउनले फुलहामसँग र नटिङ्घम फरेष्टले वुल्भ्ससँग बराबरी खेल्दै अंक बाँडे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *