Anuya Tamang won the Voice of Kids' Season 3 titleAnuya Tamang won the Voice of Kids' Season 3 title

काठमाडौं, अनुया तामाङले जितिन भ्वाइस अफ किड्स’ सिजन ३ को उपाधि। शनिबार सम्पन्न ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलका प्रतिनिधि तामाङले उपाधि हात पारेकी हुन्।

Anuya Tamang won the Voice of Kids Season 3 title

विजेतालाई हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल र कार्यकारी निर्देशक श्याम कँडेल लगायतका व्यक्तित्वहरूले पुरस्कार प्रदान गरे। अनुयाले उपाधि संगै १० लाख रुपैयाँ नगद र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरिन्। अन्य फाइनलिस्टलाई पनि गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो।

फिनालेमा कोच प्रमोद खरेलको टिमबाट अनुया र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा, कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, र कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामा प्रतिस्पर्धामा थिए।

तेस्रो सिजनको मुख्य प्रायोजक वात्साल्य न्याचुरल आइभीएफ थियो। फिनालेमा कोचहरू र तिनका प्रतिस्पर्धीहरूले सांगीतिक प्रस्तुति दिएका थिए। दर्शकको भोटको आधारमा सबैभन्दा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धीलाई विजेता घोषित गरिएको थियो।

भोटिङ लाइन शनिबार बेलुका ७ बजेसम्म खुला थियो। फिनालेका क्रममा ‘भ्वाइस अफ नेपाल’ को छैटौं सिजनको डिजिटल अडिसन ७ दिन मात्र खुला रहने जानकारी पनि दिइएको थियो, जुन होस्ट सुशिल नेपालले मंचबाट जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *