Announcement of Nepali team for AFC U 20 Asian Cup Qualifiers

काठमाडौं, प्रशिक्षक उर्जन श्रेष्ठले सोमबार २३ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेका छन्। साफ च्याम्पियनशिपमा बंगलादेशसँग पराजित भएको नेपालले, गोलकिपर बिशाल केसीलाई बाहिर राख्दै अमित टमाटालाई समेटेको छ।

Announcement of Nepali team for AFC U 20 Asian Cup Qualifiers

अर्को दुई गोलकिपर जयरत शेख र क्रिशल मोक्तान छन्। डिफेन्समा आयुष तिम्सिना, आश्विन घोरासैनी, विक्रम तामाङ, निर्मल बल, राम थापा, सविन घिमिरे, सेमन्त थापा र दीपक थापा मगर रहेका छन्।

मिडफिल्डमा अभिनास स्याङताङ, कुशल देउवा, लक्षु थापा, सरोज दर्लामी र प्रशान्त लक्सम चयन भएका छन्। अग्रपंक्तिमा अनिल बोम्जन, धन सिंह बिक, धवेन्द्र कुंवर, नैअम वाङगेल तामाङ, निरज कार्की, समीर तामाङ र निराजन धामी रहेका छन्।

चाइनिज ताइपेइमा हुने छनोट खेल ५ असोजदेखि १३ असोजसम्म हुनेछ। नेपाल समूह बी मा उज्वेकिस्तान, कम्बोडिया, बहराइन र चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले पहिलो खेल ५ असोजमा कम्बोडियासँग खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *