All night Dhanurmas Puja at Pashupatinath Temple

काठमाडौं, सूर्य धनु राशिमा रहेका बेला, मङ्गलबार रातभर पशुपतिनाथ मूल मन्दिरमा विधिपूर्वक धनुर्मास पूजा आराधना गरिँदै छ।

All night Dhanurmas Puja at Pashupatinath Temple

पुस महिनाभर सूर्य धनु राशिमा रहन्छन्। यो समय हरेक वर्ष, विशेष साइत जुराएर पशुपतिनाथ मन्दिरमा धनुर्मास पूजा गर्ने परम्परा छ। यस परम्पराअनुसार, मङ्गलबार बिहान पशुपतिनाथलाई चिसोबाट जोगाउन तातोपानीले स्नान गराइने कार्यक्रम रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

बाला चतुर्दशीदेखि चिसो बढ्ने भएकाले, पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा पुरानो छ। यो समयमा, पानीमा बस्ने माछासमेत चिसोबाट जोगिन पानीको सतहमुनि बस्छन्। त्यस्तै, पशुपतिनाथलाई चिसोबाट जोगाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक परम्परा छ।

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता तथा सदस्य सचिव डा. मिलनकुमार थापाका अनुसार, मङ्गलबार राति धनुर्मास पूजा गरिनेछ। पूजापछि गेडागुडीबाट बनेको खिचडी पशुपतिनाथलाई अर्पण गरिन्छ। बुधबार पशुपतिनाथले उपवास राख्ने गरिन्छ र अपराह्न १२ बजेदेखि मन्दिर बन्द गरिनेछ। उपवासका दिन बिहानै महादेवलाई तोरीको तेल लगाएर शिवपुरी डाँडामा गएर घाम ताप्ने धार्मिक विश्वास छ।

बिहीबार बिहानदेखि मन्दिरमा नियमित पूजा आराधना पुनः सुरु हुने कोषले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *