Abuse of senior advocate Dinesh Tripathi in Kathmandu protest by law students

काठमाडौं, बुधबार जिल्ला अदालत, काठमाडौं परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि दुर्व्यवहार भएको घटनापछि नेपाल ल क्याम्पसका कानुन अध्ययन गरिरहेका विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन्।

Abuse of senior advocate Dinesh Tripathi in Kathmandu protest by law students

कालिमाटीको स्वर्णलक्ष्मी सहकारी अनियमितता प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सकेर बाहिर निस्किँदै गर्दा त्रिपाठीमाथि भएको दुर्व्यवहारको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले ‘कानुन व्यवसायीलाई कुट्न पाइँदैन’, ‘मुद्दा लड्नु कानुन व्यवसायीको पेसागत धर्म हो’, ‘निलो क्रान्ति होइन, स्वतन्त्र न्यायालय चाहिन्छ’, ‘यो आक्रमण अदालतमाथिको चमाटा हो’ जस्ता नारा लगाउँदै प्लेकार्ड प्रदर्शन गरेका थिए।

वरिष्ठ अधिवक्ता त्रिपाठीले स्वर्णलक्ष्मी सहकारीका पीडितहरूको पक्षमा बहस गरेका थिए। रवि लामिछाने जोडिएको सहकारीका पीडितहरूको पक्षमा बहस सकेर फर्किँदै गर्दा अदालत परिसरमै त्रिपाठीलाई एउटा समूहले लछारपछार गरेको थियो।

दुर्व्यवहारको आरोपमा पक्राउ परेका व्यक्तिविरुद्ध त्रिपाठीले प्रहरी वृत्त सिंहदरवारमा किटानी जाहेरी दिइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *