ABC TV channel to pay 150 million in damages for false news against Trump

काठमाडौं, अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध गलत समाचार प्रसारण गरेको भन्दै एबीसी टिभी च्यानलले १५ करोड अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ।

ABC TV channel to pay 150 million in damages for false news against Trump

एबीसीका स्टार प्रस्तोता जर्ज स्टेफानोपोलोसले १० मार्चको एक कार्यक्रममा ट्रम्पले एक महिलामाथि बलात्कार गरेको आरोप लगाएका थिए। उक्त अभिव्यक्तिपछि ट्रम्प पक्षले मानहानीको मुद्दा दायर गरेको थियो।

शनिबार भएको सम्झौतापछि एबीसीले ट्रम्पलाई १५ करोड डलर क्षतिपूर्ति तिर्न सहमति जनाएको छ। साथै, च्यानलले स्टेफानोपोलोसको अभिव्यक्तिप्रति खेद प्रकट गर्दै खण्डन प्रकाशन गर्ने र ट्रम्प पक्षको कानुनी खर्च बापत १ करोड डलर थप तिर्ने घोषणा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *