Untitled design 16 2

काठमाडौं, नेपाल स्टक एक्सचेन्ज (नेप्से)को धितोपत्र दोस्रो बजार मापक परिसूचक आइतबार ११.५८ अंकले वृद्धि भएको छ, जबकि कारोबार रकममा कमी आएको छ।

Untitled design 16 2

यस दिनको सेयर कारोबार रकम पाँच अर्ब नौ करोड २९ लाख रुपैयाँ रहेको छ, जुन गत बुधबारको पाँच अर्ब ६६ करोड ९१ लाख रुपैयाँको कारोबार रकम भन्दा कम हो।

आइतबार १३८ कम्पनीका सेयर मूल्य वृद्धि भएको छ भने ९४ कम्पनीका सेयर मूल्य घटेका छन्। १२ कम्पनीका सेयर मूल्य भने स्थिर रहेका छन्। अपर स्यांगे हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र इस्टर्न हाइड्रोपावरका सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ।

कारोबारमा आएका १३ समूहमा, पाँच समूहका परिसूचकमा गिरावट आएको छ। म्युचुअल फन्ड ०.१ प्रतिशत, फाइनान्स ०.१७, माइक्रोफाइनान्स ०.१८, उत्पादन तथा प्रशोधन ०.१९, र होटल तथा पर्यटन समूह ०.६१ प्रतिशतले घटेका छन्। परिसूचकमा सबैभन्दा ठूलो वृद्धि वाणिज्य बैंक समूहमा देखिएको छ, जसको परिसूचक १.०१ प्रतिशतले वृद्धि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *