Nepals mens and womens teams competing in the quarterfinals today in the Kho Kho World Cup 1

काठमाडौं, नेपाली खो खो खेलका लागि आजको दिन ऐतिहासिक हुनेछ। भारतमा जारी पहिलो खो खो विश्वकपमा नेपालका पुरुष र महिला दुवै टोली फाइनलमा पुगेका छन्।

Nepals mens and womens teams competing in the quarterfinals today in the Kho Kho World Cup 1

आज फाइनल खेलहरू हुनेछन्, जहाँ दुवै नेपाली टोली उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछन्। महिलातर्फको फाइनल साँझ ७ बजे सुरु हुनेछ भने पुरुषतर्फको फाइनल राति ८:१५ बजे सुरु हुनेछ। यी खेलहरू नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आयोजना हुनेछन्।

खो खो खेल खासै चर्चित नभए पनि यो विश्वकपले खेललाई व्यापक चर्चा दिलाएको छ। पहिलोपटक आयोजित विश्वकपमा नेपालका दुवै टोलीको फाइनल यात्रा देशका लागि गौरवपूर्ण क्षण बनेको छ। एक महिनाको क्लोज क्याम्प पछि चुपचाप भारत पुगेको नेपाली टोलीले शानदार प्रदर्शन गर्दै नेपाली खेल जगतमा खो खोको चर्चा बढाएको छ।

नेपालका लागि यो प्रदर्शन ऐतिहासिक छ। यस विश्वकपबाट खो खो खेललाई विश्वस्तरमा चिनाउन अवसर मिलेको नेपाल खो खो संघका अध्यक्ष प्रदिप महर्जनले बताएका छन्। फाइनल पुगेका चार टोलीमध्ये तीन अपराजित छन्। महिलातर्फ नेपाल र भारत अपराजित रहँदै फाइनलमा पुगेका छन् भने पुरुषतर्फ भारत अपराजित रहँदा नेपालले मात्र एक खेलमा हार बेहोरेको छ।

महिला समूहमा नेपालले चार खेल जित्दै अपराजित रहँदै समूह सी को विजेताको रूपमा क्वाटरफाइनलमा प्रवेश गर्यो। नेपालले भुटान, जर्मनी, श्रीलंका, र बंगलादेशलाई सहजै पराजित गर्यो। क्वाटरफाइनलमा इरानलाई पराजित गर्दै सेमिफाइनलमा युगाण्डालाई हरायो।

पुरुष समूहमा नेपाल समूह ए को उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गर्यो। भारतसँग पहिलो खेलमा पराजित भए पनि त्यसपछि पेरू, ब्राजिल, र भुटानलाई हराउँदै क्वाटरफाइनलमा बंगलादेशलाई पराजित गर्यो। सेमिफाइनलमा इरानलाई हराउँदै फाइनलमा स्थान पक्का गर्यो।

नेपालले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै ट्रफी उचाल्ने लक्ष्य राखेको छ। यदि नेपालले फाइनल जिते, यो नेपाली खेलकुदका लागि ऐतिहासिक क्षण हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *