A cease fire agreement between Israel and Lebanon

काठमाडौं, इजरायल र लेबनानबीच जारी द्वन्द्व मंगलबार रातिको सहमतिपछि अन्त्य हुने अपेक्षा गरिएको छ। इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा आक्रमण सुरु गरेपछि तनाव चुलिएको थियो।

A cease fire agreement between Israel and Lebanon

इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई औपचारिक रूपमा स्वीकार गरेपछि सहमति तत्काल कार्यान्वयनमा आउने विश्वास गरिएको छ। सहमति अनुसार, इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुनेछ भने हिजबुल्लाले लितानी नदीको दक्षिणी सीमाबाट आफ्ना सशस्त्र समूह हटाउने वचन दिएको छ।

युद्धविरामको यो सहमतिको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ। महासचिव एन्टोनियो गुटेरेसले दुवै पक्षलाई सहमतिलाई कडाइका साथ पालना गर्न आग्रह गरेका छन्। उनले शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायको भूमिका अझ सशक्त बनाउनुपर्नेमा पनि जोड दिएका छन्।

यो सहमति क्षेत्रीय स्थायित्वका लागि महत्वपूर्ण मानिएको छ। यो कदमले द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति ल्याउन र नागरिकहरूलाई सुरक्षित वातावरण उपलब्ध गराउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *