कैलाली, धनगढी उपमहानगरपालिका–४ मा परराष्ट्रमन्त्री आरजु राणा देउवाको निवास अगाडि शनिबार राति फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाले डिस्पोज गरेको छ। उक्त शंकास्पद वस्तु एक झोलामा तार बेरिएको अवस्थामा भेटिएको थियो।

शनिबार राति फेला परेको शंकास्पद वस्तुका कारण सुरक्षाको चिन्ता बढेपछि प्रहरीलाई जानकारी गराइएको थियो। नेपाली सेनाको टोलीले आइतबार बिहान करिब ७ बजे उक्त शंकास्पद वस्तुलाई डिस्पोज गरेको धनगढी प्रहरीले जानकारी दिएको छ। यस घटनामा कुनै हताहत वा अन्य क्षति भएको छैन।
सुरक्षाको दृष्टिकोणले सतर्कता अपनाउँदै सेनाले उक्त क्षेत्रलाई सुरक्षित बनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
