Untitled design 56

काठमाडौँ, पाटनको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथजात्रा सम्पन्न भएको छ। यो परम्परागत जात्रा सम्पन्न भएको सूचना इन्द्र महाराजलाई दिनुपर्ने मान्यता अनुसार आज जोडी भँगेरा उडाइएको छ र सप्तपातल पोखरीमा जोडी माछा छाडिएको छ।

Machhindranaths Rathjatra completed in Patan Pair of sparrows released and pair of fish released in Saptapatal pond

पाटनका स्थानीय किरण स्थापितका अनुसार, रथजात्रा समाप्त भएको जानकारी स्वर्गमा इन्द्र महाराजलाई पुर्याउनका लागि मत्र्यमण्डलमा जोडी भँगेरा उडाउनु र पातालमा जोडी माछा पोखरीमा छाड्ने प्रक्रिया पुरा गरिएको हो। यसअघि, जात्रा समापनको प्रक्रिया पूरा गर्न बिहानै बटुकभैरव मन्दिरमा माङ्साहुति यज्ञ सम्पन्न गरिएको थियो, जहाँ ती जोडी भँगेरालाई कथा सुनाइएको थियो।

गत वैशाख २७ गते बिहीबार रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहण गरेर सुरु गरिएको यो जात्रा साउन २० गते आइतबार भोटो देखाएपछि सम्पन्न भएको हो। भोटो देखाएकै दिन रथलाई खटमा राखेर बुङ्गमती पुर्याउने परम्परा अनुसार उक्त कार्य सम्पन्न भएको छ।

यो जात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा हो, जुन करिब १६ सय वर्षअघि सुरु भएको हो र वैशाख शुक्ल प्रतिपदामा शुरू भएर असार शुक्ल चौथीसम्म चल्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *