Clashes between police and protestors in mass civil protest

काठमाडौँ, बृहत् नागरिक आन्दोलनले नयाँ बानेश्वरको निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरी र प्रदर्शनकारी बीच धकेलाधकेल भएको छ। शनिबार, भ्रष्टाचारजन्य कसुरको हदम्यादलाई ५ वर्षभित्र सीमित गर्ने तथा सङ्घीय र प्रदेश मन्त्रिपरिषद्‌ले गरेका भ्रष्टाचारजन्य कामकारबाहीलाई अनुसन्धानको दायराबाट उन्मुक्ति दिने गरी विद्यमान ऐनमा गरिन लागेको संशोधनको विरोधमा बृहत् नागरिक आन्दोलनले प्रदर्शन गरेको थियो।

Clashes between police and protestors in mass civil protest

प्रदर्शनकारीहरूले माइतीघरदेखि बानेश्वरसम्म मार्चपास गरेका थिए। प्रदर्शनको क्रममा, प्रहरी र प्रदर्शनकारीबीच टकराव उत्पन्न भएको छ, जसमा केही घन्टासम्म धकेलाधकेल र तनावपूर्ण स्थिति रह्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *