काठमाडौँ, सुदूरपश्चिमको परम्परागत पर्व गौरा आज शनिबारदेखि सुरु भएको छ। पञ्चमीका दिनबाट सुरु हुने यो पर्वको पहिलो दिनमा घरघरमा बिरुडा राख्ने परम्परा रहेको छ, जसलाई बिरुडा पञ्चमी भनिन्छ। महिलाहरूले घरमा पञ्च अन्न र गेडागुडी भिजाएर गौरा पर्वको सुरुवात गर्छन्। तामाको भाँडोलाई गाईको गोबरले लिपेर, अक्षताले सिंगारेर, पञ्च अन्न मास, कलौं, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा तयार गर्ने चलन छ। यसरी तयार गरिएका बिरुडालाई गौरीको प्रसादका रूपमा मानिन्छ।

पुत्रदा एकादशीको व्रत पूरा गरेपछि भाद्र महिनाको बिरुडा पञ्चमीदेखि गौरा पर्वको विधिवत् सुरुवात हुने जानकी अवस्थीले जानकारी दिनु भयो। उनले भनिन् कि, “एक महिना अगाडिदेखि नै शुद्ध शाकाहार र ब्रह्मचर्यको पालना गरेर महिलाहरू बिरुडा पञ्चमीको दिन मास, कलौं, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाँडामा भिजाउँछन्। बिरुडा भिजाउँदा मांगलिक सगुन गाउने परंपरा छ।”
सप्तमी र अष्टमीका दिन गौराका विशेष दिन मानिन्छन्। सप्तमीमा धान खेतमा गएर साउँबाट गौराको प्रतिमा बनाई ‘गौराघर’मा भित्र्याइन्छ। अष्टमीका दिन पूजाआजा गर्दै गौरा नचाइन्छ र विभिन्न गीत तथा मेला आयोजना गरिन्छ।
यो पर्व प्राचीनकालदेखि भगवान शिवकी अर्धाङ्गीनी पार्वतीलाई गौरा देवीको रूपमा पूज्ने परंपरा हो।
सुदूरपश्चिमको परम्परागत पर्व गौरा आज शनिबारदेखि सुरु भएको छ। पञ्चमीका दिनबाट सुरु हुने यो पर्वको पहिलो दिनमा घरघरमा बिरुडा राख्ने परम्परा रहेको छ, जसलाई बिरुडा पञ्चमी भनिन्छ। महिलाहरूले घरमा पञ्च अन्न र गेडागुडी भिजाएर गौरा पर्वको सुरुवात गर्छन्। तामाको भाँडोलाई गाईको गोबरले लिपेर, अक्षताले सिंगारेर, पञ्च अन्न मास, कलौं, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा तयार गर्ने चलन छ। यसरी तयार गरिएका बिरुडालाई गौरीको प्रसादका रूपमा मानिन्छ।